
प्रमाेद भट्टराइ
कैलाली बहुमुखी क्याम्पसले आफैं रेडियो चलाएको छ । आमसञ्चार र पत्रकारिता पढ्ने विद्यार्थीले नै कार्यक्रम चलाउने, प्राविधिक बन्ने र मार्केटिङ गर्ने अनि बाँकी सम्पूर्ण व्यवस्थापन क्याम्पसले गर्ने गरी रेडियो चलाएको देख्दा अनुकरणीय लाग्यो ।
वैशाख ११ देखि १५ गतेसम्म पश्चिम नेपालको पाँचदिने शैक्षिक भ्रमण तय भयो । जनता बहुमुखी क्याम्पस इटहरीलाई गुणस्तरीय शैक्षिक हब बनाउने विश्व बैंकको एक आधार ‘क्युएए’ प्राप्त सामुदायिक क्याम्पसको भ्रमण गर्नु ३९ सदस्यीय क्याम्पस टोलीको उद्देश्य थियो । अरूबेला केहीपटक गरिएको सामान्य शैक्षिक भ्रमणभन्दा यो भ्रमण अलिक पृथक थियो ।
पृथक यसर्थमा कि, हामीले क्युएए मान्यता पाएका हरेक क्याम्पसको सूक्ष्म अध्ययन गर्नुथियो । अध्ययन मात्रै हैन, अध्ययनको एक–एक टिपोट गरेर प्रतिवेदनको नमूना पनि अनिवार्य दिनु थियो । सामान्य शैक्षिक भ्रमणमा हुने पिकनिक शैलीभन्दा विल्कुलै अध्ययन र अवलोकनयुक्त यो भ्रमणले धेरै सिक्ने अवसर दियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, सहायक क्याम्पस प्रमुख, स्ववियु तथा विद्यार्थी संगठनका पदाधिकारीसहितको यो भ्रमणले मूलतः पश्चिमका तीन क्याम्पसको अध्ययन ग¥यो । रूपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पसको सूक्ष्म अध्ययन गर्ने मौका यो भ्रमणले मिलायो । ३ हजार विद्यार्थी भएको टीकापुर बहुमुखी क्याम्पस, ४ हजार विद्यार्थी भएको लुम्बिनी बहुमुखी क्याम्पसदेखि ७ हजार विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पससम्मको भ्रमणले धेरै शैक्षिक सुधार र विकासबारे जानकारी दियो । जसमा मैले नोट गरेका मुख्य आठ सुधारका विषय यहाँ चर्चा गरेको छु ।खान मिल्ने तर बस्न नमिल्ने क्यान्टिनको कथासुन्दा अचम्म लाग्नसक्छ, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको क्यान्टिनमा खान मिल्थ्यो । तर, बस्नचाहिँ नमिल्ने ।
यो कुराले मलाई आश्चार्यमा पा¥यो । किन बस्न नमिल्ने क्यान्टिन बनाइयो ? यो मेरो सबालको जवाफ दिने विद्यार्थी संगठनका नेता, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी र प्रध्यापकका कुरा सुनेर म दंग परें । बस्ने क्यान्टिन बनायो भने विद्यार्थी कक्षा ‘बंक’ गरेर र खाने प्रयोजनबिना पनि सिट ओगटेर बस्छन् । खान मिल्ने तर बस्न नमिल्ने भएपछि खानेहरू नास्ता खान्छन्, जान्छन् । कुनै भिडभाड भएन । नास्ता खानेलाई सिट अभाव पनि भएन । खानेकुरा राख्ने ठाउँ भएकाले त्यो सजिलो पनि भयो । यो सामान्य तर राम्रो कुराले मलाइ तान्यो । सबै क्याम्पसले यसो गरे क्यान्टिनको अनावश्यक होहल्ला र कोलाहल आफैं हटेर जाने देखियो । सकारात्मक सोच विकास गर्न यो क्याम्पसले मेडिटेसन हलसमेत बनाएको अर्को उदाहरणले पनि मलाई प्रेरणा दियो ।स्मार्ट लाइब्रेरी, स्मार्ट व्यवस्थापन अनि अनिवार्य बिमालुम्बिनी बहुमुखी क्याम्सको जग्गा २ बिघा आसापास छ । पढाउने शैक्षिक जनशक्ति ५० हाराहारी छन् । विद्यार्थी भने ४ हजार छन् ।
यस्तो अवस्थामा पनि लुम्बिनी वाणिज्य क्याम्पसको व्यवस्थापन गज्जब लाग्यो । लाइबे्ररीमा ५० कम्प्युटर र हाइस्पिड इन्टरनेटले ई–लर्निङमा अत्यन्तै सजिलो बनाएको पाइयो । यति मात्रै हैन, त्यो क्यापसले आफ्ना विद्यार्थी र शैक्षिक जनशक्तिको १ लाखको बिमा पनि गराएको रै‘छ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसले त आन्तरिक आर्थिक अनियमितता नहोस् र कुनै अभाव, दबाब अनि प्रभावले शुल्कमा तल–माथि नहोस् भनेर क्याम्पस हाताभित्रै बैंकको शाखा खोलेर शुल्क बैंकिङ प्रणालीमार्फत् बुझाउने गरेको पाइयो ।यस्ता प्रेरणादायी कुरा देख्दा हाम्रो कलेजमा पनि किन यो सबै हुन सकेन भन्ने प्रश्न मात्रै आइरह्यो ।विद्यार्थीको पैसामा बनेको हलबाट क्याम्पसलाई आम्दानीबुटबल बहुमुखी क्याम्पसमा एक प्रेरक के देखियो भने, विद्यार्थीकै पैसाले एक अत्याधुनिक अडिटोरियम हल बनेको रै‘छ । विद्यार्थीले बनाएको हल कक्षाभन्दा अलिक साइडमा देखियो । साउन्डप्रुफ हलले विद्यार्थीको कक्षालाई बाधा गरेन । र, त्यही हललाई क्याम्पसका कार्यक्रम नहुँदा क्याम्पसले भाडामा लगाएर आन्तरिक आम्दानीसमेत गर्दोरहेछ । कैलाली बहुमुखी क्याम्पसको सेमिनार हल पनि उस्तै राम्रो ।
एसी सुविधा र घुमाउरो कुर्सी–टेबल राखिएको हल आकर्षक र अत्याधुनिक लाग्यो । कुनै सामुदायिक क्याम्पसको नभई राम्रो तारे होटलको जस्तै सेमिनार हल लाग्यो ।कैलाली बहुमुखी क्याम्पसले नयाँ ८ सय जनाले मज्जाले परीक्षा दिन मिल्ने एउटा अर्को हल बनाउँदै छ । यसो गर्नुको उद्देश्य एक शैक्षिक कार्यक्रमको परीक्षा हुँदा अर्को दैनिक कक्षा सञ्चालनमा बाधा नहोस् भनेर रै‘छ । सिसी क्यामेरा जडान गरेर यत्रो विशाल कक्षाको परीक्षाको सुपरभिजन पनि केही गार्डले मात्रै गर्ने व्यवस्था मिलाउन लागिएको कुरा प्रेरक छ ।हाम्रो इटहरीका क्याम्पसमा एउटै अडिटोरियम हल छैन ।
सामान्य कार्यक्रम गर्दा होटल र पार्टी प्यालेस ताक्नुपर्ने अवस्था छ । तर, हामीले मिलेर काम गरेको अवस्थामा इटहरीमा सुविधायुक्त अडिटोरियम हल, प्रदर्शनी कक्ष बनाएर भाडामा लाउन सकिन्छ जस्तो लाग्यो । बुटवलका विद्यार्थीले त बनाए भने किन हाम्रो सिंगै सहरले बनाउन सक्दैन ? अहिले यो प्रश्न म आफैंलाई सोधिरहेको छ्ु । इटहरीलाई सोधिरहेको छु ।कृषिउपजबाट आम्दानी गर्ने सामुदायिक क्याम्पसटीकापुर बहुमुखी क्याम्पसको जग्गा अत्यधिक । ३ सय ८० बिघा त क्याम्पसकै नाममा छ । यो जग्गामा माछापालनलगायत विभिन्न कृषिउपज लगाएर क्याम्पसले आन्तरिक आम्दानी बढाएको देखियो । कुनै कृषि क्याम्पसको झल्को दिने यो क्याम्पसका पूर्वाधार र संरचना पनि पर्याप्त थिए । कुनै सुविधायुक्त स्डेडियम वा क्याम्पस हाताभित्रै आन्तरिक विमानस्थल बनाउन पुग्ने जग्गासमेत क्याम्पसकै नाममा थियो । भविष्यमा विश्वविद्यालय बने पनि जग्गा अभाव नहुने यो क्याम्पसले धेरै तान्यो । हामीले बनाउन चाहने र बनाएका क्याम्पसमा पनि यस्ता पर्याप्त जग्गाा हुनुपर्ने चेतना यो क्याम्पस भ्रमणले पुनः जागृत गरायो ।व्यवस्थापन समितिमा यातायात व्यवसायीदेखि सांसदसम्मपश्चिमको लुम्बिनी वाणिज्य क्याम्पसको एक प्रयोग रोचक लाग्यो । क्याम्पस व्यवस्थापन समितिमा जिल्लाका सिडिओ, जनप्रतिनिधि, सांसद, उद्योग वाणिज्य संघका नेता र यातायात समितिका अध्यक्ष पनि रहने व्यवस्था रै‘छ । यसो गर्नुमा सामुदायिक क्याम्पसका केही मान्छेको मात्रै व्यवस्थापकीय हालीमुहाली रोकेर सबैको अपनत्व गर्न रै‘छ । जनता क्याम्पसमा जस्तो परिषद्मा बसेका मात्रै व्यवस्थापन समितिमा नभएर समाजका नेतृत्वदायी व्यक्ति बस्दाको व्यवस्थापन झनै राम्रो हुन्छ भन्ने देखियो ।
यातायातमा विद्यार्थीले गर्ने विद्यार्थी छुटको गुनासो पनि व्यवसायी संघका अध्यक्ष नै व्यवस्थापन समितिको सदस्य भएपछि नहुने । यो जुक्ति निकै कामकाजी लाग्यो ।प्राध्यापकलाई एमफिल खर्च र लाखौं तलबहाम्रा अधिकांश क्याम्पसका प्रध्यापक प्राध्यापनबाट पलायन हुनुपर्ने एक्लो कारण कम तलब हो । एमफिल र पिएचडीको खर्च निकाल्नासाथ प्राध्यापन पेसाबाट पलायन हुनेहरू पनि छन् । तर, कैलालीको कैलाली बहुमुखी क्याम्पसमा भने प्रध्यापकको मासिक तलब १ लाखभन्दा धेरै रहेछ । स्नातकोत्तर सकेर कलेजको परीक्षा पास भएर प्रध्यापक भएकाले एमफिल गर्न चाहे क्याम्पसले नै सबै खर्च दिएर जनशक्ति थप बलियो बनाउने परिपाटी राम्रो लाग्यो । लुम्बिनी वाणिज्य क्याम्पसमा हरेक विद्यार्थीको परीक्षा दुई प्राध्यापकले जाँच गर्दारहेछन् । त्यसो गर्नुको उद्देश्य कतैबाट सामान्यभन्दा पनि सामान्य गल्ती नहोस् र परीक्षार्थीमाथि न्याय होस् भनेर रै‘छ ।
क्याम्पसले चलाएको रेडियोरेडियो कसले चलाउँछ ? सञ्चार उद्यमीले । राजनीतिक दलका नेताले । कतै–कतै समुदायले । तर, कैलाली बहुमुखी क्याम्पसले भने आफैं रेडियो चलाएको छ । आमसञ्चार र पत्रकारिता पढ्ने विद्यार्थीले नै कार्यक्रम चलाउने, प्राविधिक बन्ने र मार्केटिङ गर्ने अनि बाँकी सम्पूर्ण व्यवस्थापन क्याम्पसले गर्ने गरी रेडियो चलाएको देखियो । स्वतन्त्र सञ्चारमाध्यम र सामुदायिक रेडियोमा यो नयाँ प्रयोग लाग्यो । हेलमेट प्रध्यापकको आतंकविहीन क्याम्पसलुम्बिनी वाणिज्य क्याम्पस, टीकापुर बहुमुखी क्याम्पस र कैलाली बहुमुखी क्याम्पस कतै पनि हेलमेट प्रध्यापकको बिगबिगी देखिएन । लुम्बिनी वाणिज्य क्याम्पसले त क्याम्पस अवधिमा निजीमा पढाउनै नपाउने नीति नै बनाएको रहेछ । टीकापुर बहुमुखी क्याम्पसमा मल्टिमिडिया र प्रोजेक्टरमा पढाइ हुनाले खाली समयमा पाठ्यसामग्री तयार पार्नै प्राध्यापक व्यस्त हुनाले निजीमा जाने सम्भावनै रहेन । कैलाली बहुमुखी क्याम्पसमा त सामुदायिक क्याम्पसका कोटा सकिएपछि मात्रै निजीमा जानेसम्मको शैक्षिक गुणस्तर भएकाले आफ्नो स्तर कायम गर्न पनि प्रध्यापक आफैं निजीमा हेल्मेट प्रध्यापक नबन्ने देखियो । यस्तो अवस्था हामीकहाँ कहिले आउला ?
यो किन हामीले यस्तो अभ्यास बसाल्न सकेनौं ? यी प्रश्नको उत्तर हाम्रा हेल्मेट प्रध्यापक र क्याम्पस व्यवस्थापन समितिले सोच्नैपर्छ । हामीकहाँ त अन्त पढाउन र कुनै शैक्षिक व्यवसाय गर्ने प्रोफाइल बनाउने माध्यम मात्रै भएको छ, क्याम्पसको प्रध्यापक पेसा । प्राध्यापन प्राथमिकता नपरी दोस्रो विकल्पको पेसा बन्न पुगेको छ । अब यो अवस्था हटाउनैपर्छ । हैन भने, हाम्रो सामुदायिक क्याम्पसको शैक्षिक खस्किरहन्छ ।