बराहक्षेत्र प्रदेश एकका अान्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश भित्र रहेका जलपर्यटनलाइ व्यवसायीक बनाउनु पर्ने बताएका छन् । अाज सप्तकाेशी नदिमा रहेकाेे जेट बाेट तथा र्याफ्टिङमा संलग्न रहेका मन्त्री कार्कीले अार्थिक समृद्दिकाे अाधार पर्यटनलाइ उच्च प्राथिमकतामा राखेर सरकारले याेजना बनाएकाे बताए ।
उनले सप्तकाेशीलगायतका पुर्वका निदलाइ अाम्दानीसँग जाेड्न जलपर्यटन अावश्यक भएकाे बताए ।उनले छिमेकी देशका नागरिकलाइ अाकर्षित गर्न सक्नु पर्ने र त्यसका लागि प्रदेश सरकार गृहकार्य गर्न तयार रहेकाे बताए ।
रिभर डिप र्याफ्टिङका संचालक शुरेस बस्नेतले मनाेरञ्जनसँगै हरेक स्थानिय तहमा वर्षेनी भइरहने प्रकाेपकाे उद्दारका लागि जनशक्ति तयार गर्नु पर्ने बताए । उनले प्रदेश सरकारले सहयाेग गरे प्रदेश एकका हरेक स्थानिय तहमा प्रकाेप व्यवस्थापनका लागि जनशक्ति तयार पारिदिन प्राविधिक सहयाेग उपलब्ध गराउने बताए ।
मन्त्री कर्कीसहित प्रदेश एकका सक्रिय पत्रकार तथा व्यवसायीकाे समेत उपस्थिति रहेकाे थियाे ।